जेठ ०४, २०८१, शुक्रबार
               

कुमारी बैंकबाट विनाधितो शेयर लोन पाइने

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

काठमाण्डौ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलताका समस्या भइरहेकाे बेला कुमारी बैंकले आकर्षक विनाधितो मार्जिन लेण्डिङ योजना सार्वजनिक गरेको छ । 

कुमारी बैंकले सार्वजनिक गरेको यो अफर नेपालको बैंकिङ उद्योगकै नयाँ हो । यो स्किममा धितो राख्नका लागि सेयर चाहिदैन, बैंकले पहिला बिनाधितो लोन दिन्छ र त्यही लोनबाट खरीद गरिएको सेयर धितोमा राखिदिन्छ । साथमा पैसा नहुने वा सेयर नहुनेले पनि कुमारी बैंकको यो स्किममा सहभागी भएर सहजै सेयरमा लगानी गर्नसक्ने भएका छन् । 

यो कर्जाको स्किममार्फत सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गर्नुपर्ने कुमारी बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।  हाल बजारमा प्रवाह हुने सेयर कर्जाहरूमा सेयर खरीद गर्नुअघि नै धितो आवश्यक रहने गरेको छ । 

सेयर बजारमा लगानी गर्न चाहने, तर अर्थको अभावले लगानीबाट बञ्चित सर्वसाधारणहरूलाई मध्यनजर गर्दै यो कर्जा सुविधा ल्याइएको बैंकले जनाएको छ । कुमारी बैंकका चिफ अपरेटिङ अफिसर रामचन्द्र खनालका अनुसार बिनाधितो लिन सकिने सेयर कर्जाको ब्याजदर ८.५ प्रतिशत रहेको छ । 

कोभिड १९ को विषम परिस्थितिमा सीमित भएको लगानीयोग्य क्षेत्र र सोही परिस्थितिमा आकर्षक बनेको सेयरबजारलाई मध्यनजर गर्दै यस्तो स्किम ल्याइएको बैंकले प्रष्ट पारेको छ ।  ७० वर्षसम्म उमेर पुगेकाले यस्तो कर्जा लिन सक्नेछन् । न्यूनतम प्रोसेसिंग फी राखिएको यो स्किम अन्तर्गत ७२ घण्टामै कर्जा पाइने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि