जेठ ०५, २०८१, शनिबार
               

नेप्से आज पुनः ओरालो

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

काठमडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.२१ बिन्दुले ओरालो लागेर एक हजार ५५३.६२ मा झरेको छ । 

यस्तै, सेन्सेटिभ परिसूचक १.७९ विन्दुले घटेर ३०७.८२ मा ओर्लिएको छ । कुल १९२ कम्पनीको ७३ लाख पाँच हजार १११ कित्ता शेयर एक अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ मूल्यमा खरिदबिक्री भए ।

कारोबार भएका कुल १२ उपसमूहमध्ये मंगलबार तीन उपसमूहको मात्रै शेयर कारोबार उकालो लागेको छ । त्यसैगरी नौ उपसमूहको शेयर कारोबार ओरालो लागेको छ । 

जलविद्युत् २८.०५, उत्पादन ६ र सामूहिक लगानी कोष ०.०२ विन्दुले उकालो लागेको छ । बैंकिङ १०.८२, व्यापार २४, होटल १०.०८, विकास बैंक ०.६८, वित्त २.८, निर्जीवन बीमा ४४.९९, अन्य ४.९४, लघुवित्त १३.५८ र जीवन बीमा ४२.९६ विन्दुले घटेको छ ।

कारोबारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १७ करोड ४१ लाख ८४ हजार २३९ बराबरको कारोबार भयो । 

यस्तै हिमाल दोलखा हाइड्रोपावर १० करोड ६२ लाख ७६ हजार १३७, नेपाल पुनर्बीमा कम्पनी सात करोड ८१ लाख ६१ हजार १७६, अरुण भ्याली हाइड्रो पावर सात करोड सात  लाख ७० हजार ९९०, एचआइडिसिएल चार करोड ५६ लाख ४२ हजार ३९३, नेपाल बैंक लिमिटेड चार करोड २९ लाख ४४ हजार १७८ र युनिभर्सल पावरको चार करोड दुई लाख ३९ हजार ८२४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा मंगलबार जोशी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा, हिमालयन ऊर्जा विकास कम्पनी ९.९३, आँखु खोला जलविद्युत् कम्पनी ९.९०, घलैम्दी हाइड्रोपावर ९.९०, युनाइटेड मोदी हाइड्रोपावर ९.७२ र युनिभर्सल पावरका लगानीकर्ताले ९.६५ प्रतिशतले आर्जन गरेका छन् । 

त्यस्तै सपोर्ट लघुवित्त ३.६२, रिलायन्स फाइनान्स ३.५५, श्री इन्भेस्टमेन्ट फाइनान्स ३.३०, साल्ट टेडिङ कर्पोरेसन २.७४ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले २.४० प्रतिशतले गुमाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि