जेठ ०७, २०८१, सोमबार
               

नेपाल-चीनबीच पहिलोपटक औपचारिक व्यापारिक वार्ता हुँदै

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल-चीनबीच औपचारिक आइतबार सह-सचिवस्तरीय व्यापार वार्ता हुँदैछ ।

नेपाल चीनबीच व्यापार सुरुवात भएको एक सय ४८ वर्षपछि पहिलोपटक मंगलबार व्यापारको विषयमा पहिलोपटक सो वार्ता हुन लागेको हो । मंगलबार चार विषयवस्तुमा केन्द्रित भई छलफलका हुने बताइएको छ । 

भर्चुअल वार्तामा नेपालको तर्फबाट परराष्ट्र, अर्थ, गृह, भौतिक, कृषि विकास मन्त्रालय तथा भन्सार र खाद्य विभागका अधिकारीहरु सहभागी हुनेछन् । यसअघि चीनको स्वशासित क्षेत्र तिब्बत वाणिज्य अधिकारीसँग मात्रै नेपालको  व्यापार वार्ता भएको थियो । 

दुवै देशको वाणिज्य सहसचिवस्तरीय पहिलो बैठकमा चीनले नेपालसँगको व्यापारिक वातावरणमा सुधार गर्ने विषय पहिलो प्राथमिकतामा राखेको छ । विभिन्न कारणले अवरोध हुने दुई देशबीचको अवरोध चिर्न चिनियाँ पक्षले पहल गर्ने परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ ।

प्रमुख नाका जोड्ने स्याफ्रुबेंसी रसुवा सडक स्तोरन्नती परियोजना अघि बढाउने विषयमा चिनियाँ अधिकारीहरुले नेपालसँग छलफल गर्न चाहेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि