बैशाख २६, २०८१, बुधबार
               

आज कति छ सुनको मूल्य ?

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार) प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज (सोमबार) पनि सोही मूल्यमा कारोबार भएको हो ।  

यस्तै तेजावी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

चाँदी पनि आज आइतबारकै मूल्य ११५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

केही साताअघिसम्म सुनको मूल्य लगातार बढेको भए पनि पछिल्लो समय सुनको मूल्यमा क्रमशः गिरावट आइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि