काठमाडौैं । मेरो सेयरको सिस्टममा समस्या देखिएको छ । सिडिए एन्ड क्लियरिङले सञ्चालनमा ल्याएको मेरो सेयर आइतबारदेखि बिक्री खुला भएको जनरल इन्स्योरेन्सको आइपिओ आवेदन दिनेको चाप बढेका कारण समस्या देखिएको हो ।
मेरो सेयर नचलेपछि सर्वसाधारणले जनरल इन्स्योरेन्सको आइपिओ आवेदन दिन गह्रो भइरहेको छ । यस्तै, लगानीकर्ताले इडिआइएस, ड्ब्लुएसिसी क्लाकुलेसन, सेयर ट्रान्सफरलगायत कामसमेत गर्न पाएका छैनन्।
हरेक समय आइपिओ निष्काशन हुँदा लगानीकर्ताहरुले यस किसिमको समस्या भोग्न बाध्य छन् ।