मंसिर ०७, २०८१, शुक्रबार
               

रेल्वे कर्मचारी भर्ना प्रक्रिया रद्द भएको छैन : महाप्रबन्धक

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

जनकपुरधाम । संचालनको टुङ्गो नलागेको जनकपुर (कुर्था)-जयनगर रेल संचालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले आह्वान गरेको कर्मचारी भर्ना प्रक्रिया स्थगित भएको हल्ला फैलिएको छ । जनकपुरमा विगत दुई दिनदेखि फैलिएको हल्लाका कारण विज्ञापन भर्नेहरू हतोत्साहित भएका हुन् । कतिपयले फारम नै नभर्ने मनस्थिति बनाइसकेका छन् ।

यसबारे नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले कर्मचारी भर्ना प्रक्रिया स्थगित नभएको स्पष्ट पारेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल रेल्वे कम्पनीको भर्ना प्रकृया रद्द भयो भनेर २ नम्बर प्रदेशमा हल्ला फिँजाइएको छ भन्ने कुरा जनकपुरस्थित सञ्चारकर्मीहरु मार्फत जानकारीमा आएको छ ।

कोही कुनै भ्रममा नपर्नुहोला, भर्ना प्रकृया रद्द भएको छैन ।’ उनले भर्ना प्रक्रिया रद्द हुनुपर्ने कुनै कारण पनि नरहेको स्पष्ट गरेका हुन् । महाप्रबन्धक भट्टराईले आवेदन दिनु हुने साथीहरु तथा आबेदन दिने प्रकृयामा रहनुभएका साथीहरुको भावना भड्काउने यस्ता खालका भ्रम फैलाएको भन्दै त्यसको पछाडी नलाग्न पनि आग्रह गरेका छन् ।

जनकपुरको कुर्थादेखि बिहारको जयनगरसम्म रेल संचालनका लागि रेल्वे कम्पनीले विभिन्‍न पदमा १२९ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ । विज्ञापन भर्ने समय असोज १२ गतेसम्मका लागि तोकिएको छ । कर्मचारी भर्ना र बोर्डर क्रस रेल संचालनको सम्झौता लगायतका प्रक्रिया पूरा गरी डेढ महिनाभित्रै रेल संचालन गर्ने महाप्रबन्धक भट्टराईको दावी छ ।

सरकारले भारतीय कम्पनीबाट ८४ करोडमा खरिद गरेको दुई रेल सेट नेपाल भित्र्याइसकेको छ । तर रेल चलाउने कहिले हो टुङ्गो छैन । अहिले दुवै रेल सिमावर्ती क्षेत्र धनुषाको इनर्वा स्टेशनमा राखिएको छ । रेलको सुरक्षा सशस्त्र प्रहरीले गर्दैछन्।


कस्तो लाग्यो ?

यो पनि