असोज ०६, २०८१, आइतबार
               

सुनको मूल्यमा गिरावट

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो केही दिनयता नेपाली बजारमा सुनचाँदीको  मूल्यमा लगातार गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । 

सोमबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला एक हजार ७०० रुपैयाँ, बुधबार एक हजार २०० रुपैयाँ र आज प्रतितोला एक हजार २०० रुपैयाँले घटेको छ । 

महासङ्घले आज (बिहीबार) छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकेको छ । 

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम थियो । 

यस्तै आज चाँदीको मूल्यमा पनि प्रतितोला ७० ले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १२० रुपैयाँ तोकिएको छ । 


कस्तो लाग्यो ?

यो पनि