बैशाख २७, २०८१, बिहीबार
               

आज पनि घट्याे सुनकाे मूल्य

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ ।

हिजो (मंगलबार) को तुलानामा आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको हो । मंगलबार सुनको मूल्य १७ सय रुपैयाँले घटेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा ४० रुपैयाँले घटेर एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि