जेठ ०८, २०८१, मंगलबार
               

बाढीपीडितलाई आएको रकम स्थानीय जनप्रतिनिधिले घोटला गरेको स्थानीयको आरोप

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

सुनसरी । सुनसरीको इनरुवा– १० जल्पापुरका वासिन्दाले बाढी र शीतलहर पीडितका नाममा आएको रकम स्थानीय जनप्रतिनिधिले हिनामिना गरेको आरोप लगाएका छन् । 

आर्थिक वर्ष २०७४/०७५ मा जल्पापुरका बाढी र शीतलहर पीडितको राहत वितरणका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत सात लाख ५० हजार आएको रकम स्थानीय जनप्रतिनिधिले जान्ने सुन्नेलाई मात्र बाँडेको भन्दै सो आरोप लगाएका  हुन् । 

इनरुवा– १० जल्पापुरका ३० परिवारको राहत वितरणका लागि आएको सात लाख ५० हजारमध्ये जान्ने सुन्नेमध्ये केहीलाई प्रतिपरिवार  १० हजारदेखि २० हजारसम्म रकम बाँडेको भए पनि अधिकाशं पीडितलाई त्यसबापतको रकम नदिएको गुनासो पीडितको छ ।

आफ्नो नाममा २५ हजार निकासा भएको भनिए पनि त्यो रकम आफूले नपाएको र आफ्नो नाममा किर्ते हस्ताक्षर गरेर वडाका जनप्रतिनिधिले नै सो रकम निकासा गरेको हुन सक्ने पीडित ताहिर मियाँको आरो छ । 

त्यसैगरी, अर्का पीडित मुस्तकिम मियाँले पनि आफ्नो नाममा किर्ते सही गरेर वडाका जनप्रतिनिधिले रु २५ हजार निकासा गरेर हिनामिना गरेको आरोप लगाएका छन् । बाढी आएका बेला वडा कार्यालयबाट पीडितलाई च्यूरा, भुजाबाहेक कुनै किसिमको नगद रकम वितरण नभएको इनरुवा– १० का महिला सदस्य सतियादेवी खत्वेले बताइन् । अर्का वडासदस्य ताविर मियाँले बाढीका बेला पीडित भएकाहरुको नाममा आएको राहत रकमको विषयमा आफूलाई कुनै जानकारी नभएको र वडा कार्यालयबाट च्यूरा, भुजाबाहेक नगद रकम वितरण नभएको जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि