जेठ ०१, २०८१, मंगलबार
               

अब विदेशमा काम गर्ने श्रमिकले डिजिटल वालेमार्फत रेमिट्यान्स पठाउन सक्ने

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । विदेशमा काम गर्ने श्रमिकले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पेमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आबद्ध भई सो सेवा सुरु गर्न निर्देशन दिएसँगै विदेशमा रहेका नेपालीहरुले सो सुविधा पाउने भएका हुन् । 

राष्ट्र बैंकको यो निर्देशनसँगै अब विदेशमा रहेका नेपालीहरुले डिजिटल पेमेन्टमार्फत सिधै रेमिट्यान्स पठाउन सक्नेछन् । यो व्यवस्था लागू भएपछि विदेशमा रहेका नेपाली पैसा पठाउनका लागि बैंक वा रेमिट्यान्स कम्पनीमा भौतिक रुपमै उपस्थित हुनुपर्ने छैन ।

नेपाल पैसा पठाउनका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्टि्रक कार्ड, डिजिटल वालेट आदीको प्रयोग गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार यसरी विदेशबाट पठाएको रकमको नेपालमा रेमिट्यान्स कम्पनीहरुले नेपाली रुपैयाँमा भुक्तानी गर्नुपर्नेछ ।

यो पनि