बैशाख २३, २०८१, आइतबार
               

हिमालयन बैंकसँग मर्जरमा जानेबारे कुनै औपचारिक निर्णय भएको छैन : सिभिल बैंक

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने भन्नेबारे कुनै औपचारिक निर्णय नगरेको बताएको छ । 

सोमबार धितोपत्र बोर्डलाई एक पत्र लेख्दै सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने भन्नेमा कुनै सत्यता नरहेको बताएको हो । 

‘सिभिल बैंक लिमिटेडलाई  हिमालयन बै‌क लिमिटेडले प्राप्ति गर्ने विषयको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भइरहेको सम्बन्धमा बैंकको  गम्भीर ध्यानाकर्षण भएको छ,’ सो विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित समाचारमा भनिएजस्तो औपचारिक निर्णय नभएको र बैंकले आधिकारिक रुपमा त्यस्तो खालको कुनै पनि समाचार संप्रेषण गरेको छैन ।’

आइतबार सिभिललाई हिमालयन बैंकले प्राप्ति गर्ने हल्लाले चलेकाे थियाे। बैंकबारे चलेकाे हल्लाले बैंककाे शेयरमूल्यमा सर्किट लागेकाे थियाे। त्यसपछि नेप्सेले बैंकलाई स्पष्टिकरण माग गरेको थियो।


कस्तो लाग्यो ?

यो पनि