बैशाख २६, २०८१, बुधबार
               

सुनको मूल्य बढ्यो

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

 काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबारको तुलनामा शुक्रबार  सुन तोलामा ४०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार र तेजाबी सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि शुक्रबार तोलामा १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३३० रुपैयाँमा किनबेच भएको छ । बिहीबार चाँदीको भाउ घटेर प्रतितोला एक हजार ३२० रुपैयाँ तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सो बजारमा सुन प्रतिअउन्स ६ डलर भन्दा बढिले बढेर प्रति अउन्स एक हजार ९५१ भन्दा बढिमा खरिदबिक्री भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि