काठमाडौं । नेपालको सर्वाधिक तीव्र गतिको प्रगतिशील प्रिमियम मोटरसाइकल ब्राण्ड केटिएमले बीएस ६ मोडल २०२० रेन्ज सार्वजनिक गर्ने घोषणा गरेको छ।
कम्पनीले विज्ञप्ति जारी गर्दै बिएस६ मोडल २०२० रेन्ज सार्वजनिक गर्ने घोषणा गरेको हो ।
कम्पनीका अनुसार २०२०, KTM २०० DUKE लाई पूरै तवरले अपग्रेड गरिएको छ, जुन शानदार १२९० सुपर ड्युक—आर बाट प्रेरित छ ।
यस बाइकको एकदमै नयाँ अनि ज्यादै हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्पका साथ अपग्रेड गरिएको छ तथा यसको पूरै बनावटलाई नयाँ रुप दिएको कम्पनीले जनाएको छ ।
उक्त बाइक ABS र LED DRLs र जस्तो एकदम नयाँ सुविधाहरुले भरिपूर्ण रहेको छ । यी नयाँ सुविधाहरुको साथै यस बाइकमा अल्ट्रा कम्प्याक्ट, लिक्विड–कूल्ड, ४-भल्भ ईञ्जिन, अत्याधुनिक इन्जेक्शन इलेक्ट्रोनिक्स, उन्नत ध्ए सस्पेन्सन तथा आकर्षक देखिने स्वींगआर्म जस्तै उच्च प्राविधिक क्षमता भएको कम्पनेन्ट रहेको कम्पनीले जनाएको छ ।
उक्त बाइकको तेल क्षमताको १०.२ लिटरबाट बढाएर १३.५ लिटर गरिएको छ।KTM 200 Duke यस श्रेणीमा सबैभन्दा ज्यादा अर्थात् २५ PSको पावरले भरिपूर्ण छ तथा आउटगोइङ्ग मोडलको रुपमा १९.३ nm टर्क उत्पन्न गर्न सक्छ।
डुअल-च्यानल ABS को साथ बिल्कुलै नयाँ २०२० KTM २०० Duke २ नयाँ रङ्गको विकल्पः इलेक्ट्रोनिक अरेन्ज र सिरेमिक व्हाइटमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
उक्त बाइकको प्रारम्भिक मूल्य पाँच लाख ३९ हजार नौ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।