बैशाख २६, २०८१, बुधबार
               

सुनको मूल्य घट्यो

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै तेजावी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १३२० रुपैयाँमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि