बैशाख २२, २०८१, शनिबार
               

कति पुग्यो आज विदेशी मुद्राको भाउ ?

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९४ पैसा पुगेको छ । 

उता युरो भने एकको खरिददर १३९ रुपैयाँ २८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९९ पैसा पुगेको छ । त्यस्तै, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साथै, यता खाडी मुलुक कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि