जेठ ०३, २०८१, बिहीबार
               

डिजेल र मट्टीतेलको मूल्य घट्यो

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले डिजेल र मट्टितेलको मूल्य एक-एक रुपैयाँले घटाएको हो । 

योसँगै डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ९० रुपैयाँ कायम भएको निगमले जनाएकाे छ । 

पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । 

बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको  जनाएको छ । 

इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको छ । 

नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोकिएको छ । 

यो पनि