जेठ ०१, २०८१, मंगलबार
               

कुलमानको पुनर्नियुक्ति माग गर्दै ठाउँठाउँमा प्रदर्शन

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै राजधानीका विभिन्न स्थानमा स्वतःस्फूर्त रूपमा जुलुस निस्किएको छ ।

कतिपय स्थानमा जुलुसलाई प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेर नियन्त्रणमा लिएको छ ।

आज बिहान काठमाडौंको बालाजुमा घिसिङको राम्रो कामको प्रशंसा गर्दै उनलाई फेरि कार्यकारी निर्देशक बनाउन माग गर्दै बालाजुमा जुलुस निकालिएको थियो । बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपूर्ण प्रदर्शन गरेको थियो ।

त्यसैगरी काठमाडौंकै जोरपाटीमा स्थानीयले प्रदर्शन गरेका थिए । जनजाति बहुल क्षेत्र जोरपाटीमा जुलुसमा सहभागीहरूले राम्रो गर्दागर्दै पनि कुलमान अन्याय भएको भन्दै सरकारको सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै कुलमान पुनर्नियुक्तिको माग गर्दै काठमाडौंको माइतीघरमा पनि प्रदर्शन भएको छ । त्यहाँ प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोरा प्रयोग गरेर हटाएको छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल मंगलबार राति १२ बजेदेखि सकिएको हो । उनलाई फेरि नियुक्त गर्न नेता, कलाकारदेखि सर्वसाधारणसम्मले माग गरेका छन् ।

यस्तो छ गगन थापाको टिप्पणी

"कुलमानले व्यवस्थापकीय कौशल नदेखाएको भए त्यो वर्ष र त्यसपछि पनि केही वर्ष लोडसेडिङ अन्त्य हुने थिएन । त्यतिवेला संसदीय समितिमा नेविप्रा र मन्त्रालयका अधिकारी नै केही वर्ष लाेडसेडिङ अन्त्य हुने कल्पना गर्न सकिन्न भन्नू हुन्थ्यो ।"


कस्तो लाग्यो ?

यो पनि