जेठ ०१, २०८१, मंगलबार
               

सम्झौताबमोजिम मल नल्याउनेलाई कालोसूचीमा राख्न कृषि सामाग्रीको पत्राचार

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफरिस गरेको छ । 

सम्झौताबमोजिम मल नल्याएको भन्दै दुवै कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गरेको हो ।

सो पत्रमा सम्झौताबमोजिम युरिया मल नल्याएकाले उनीहरुलाई कालोसूचीमा राख्न उल्लेख गरिएको छ ।

कालोसूचीमा पर्ने कम्पनीमा शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनी छन् । यी दुई कम्पनीले ५० हजार मेट्रिक टन मल ल्याउने सम्झौता गरेका थिए । 

यो पनि