जेठ ०१, २०८१, मंगलबार
               

युवाले सहुलियत दरमा व्यावसायिक ऋण पाउने

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले ‘युवालाई सहुलियत व्यावसायिक ऋण कार्यक्रम’ ल्याएको छ । युवालाई स्वदेशमै उद्यममा लगाउने उद्देश्यले सो नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । 

यो कर्जामा महिला ऋणीले १.८५ प्रतिशत र पुरुषले २.८५ प्रतिशत ब्याज अनुदान पाउँछन् । नगरपालिकाको सिफारिसका आधारमा राष्ट्रिय वाणिज्य बैंकले सो ऋण प्रवाह गर्नेछ । 

सो ऋणसम्बन्धी सम्झौतापत्रमा नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आइतबार हस्ताक्षर गरे। 

दक्षता, क्षमता र सीप भएर पनि आर्थिक अवस्था कमजोर भएका कारण बेरोजगार भएर बस्नुपरेका युवालाई लक्षित गरी सरल व्यावसायिक ऋण कार्यक्रम ल्याएको नगरप्रमुख खत्रीले जानकारी दिए । उनले नगरपालिकाले १४ वटै वडाका युवाबाट आफूले गर्न चाहेकोे व्यवसायबारे आवेदन माग गर्न र मागका आधारमा ऋण दिन उपयुक्त ठहर भएका युवालाई सरल ब्याजदरमा ऋण उपलब्ध गराउने बताए । 

नगरप्रमुख खत्रीका अनुसार यो कार्यक्रमअन्तर्गत नगरपालिकाको सिफारिसका आधारमा बैंकले ऋणीलाई पाँच लाखदेखि पाँच करोडसम्म ऋण उपलब्ध गराउनेछ ।  

यो पनि