बैशाख २३, २०८१, आइतबार
               

खोलाले कुखुराका चल्ला बोकेको गाडी बगाउँदा तीन लाखबराबरको क्षति

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत हापुर खोलाले आज ब्रोइलर कुखुराका चल्ला बोकेको गाडी बगाउँदा तीन लाख मूल्यबराबरको क्षति पुगेको छ । 

चितवनबाट आएको ना.४ ख १४४६ नम्बरको गाडीसहित ७०० कुुखुराका चल्ला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चालक र सहचालकलाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । खोलामा पुल नहुँदा अहिले पनि सवारीसाधन आवतजावतमा समस्या भएको छ । 

त्यस्तै आइतबार रातिदेखि परेको लगातारको वर्षाले दाङका दुई घरमा क्षति पुप्याएको छ । घोराही उपमहानगरपालिका–१० खैराका दुई घरमा बाढी पस्दा मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडामा क्षति पगेको छ । 


कस्तो लाग्यो ?

यो पनि