बैशाख २६, २०८१, बुधबार
               

सुनको मूल्यमा वृद्धि

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । 

त्यसैगरी, तेजावी सुन तोलामा ९६ हजार ४०० मा कारोबार भएको छ । यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १३१० मा कारोबार भएको चाँदीको मूल्य बढेर १३२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि