जेठ ०१, २०८१, मंगलबार
               

राष्ट्रिय प्रसारण लाइनमा जोडियो १२ मेगावाट बिजुली

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । १२ मेगावाट क्षमताको नामार्जुन हाइड्रोपावरको उत्पादन सुरु भएको छ । लकडाउन र त्यसपछिको निषेधाज्ञाको बाबजुद हिमालयन हाइड्रोपावर कम्पनी अन्तर्गतको सो परियोजनाले विद्युत् उत्पादन थालेको हो । उक्त परियोजनाबाट उत्पादित विद्युत् बिहीबारदेखि राष्ट्रिय ग्रिडमा जोडिएसँगै उत्पादन सुरु भएको हो । 

चैतमै निर्माण पूरा हुनुपर्ने आयोजना भए पनि कोरोनाको प्रभावका कारण चिनियाँ इन्जिनियरहरु आएर सफ्टवेयर जडान गर्ने र भारतीय इन्जिनियर आएर गर्नुपर्ने हाइड्रोमेकानिक काम सकिन ढिला भएपछि यो उत्पादन ६ महिना हुन गएको हो ।

यो कम्पनीले विद्युत् उत्पादन गर्ने विद्युत्बाट वार्षिक २५ देखि ३ करोडको आम्दानी हुने हिमालय हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत अभिषेक केसीले बताए । यो कम्पनीको लागत करिब साढे २ अर्ब रहेको उनको भनाइ थियो । 

‘कोरोना नभएको भए हामी प्रतिमेगावाट १८–१९ करोडमै प्रोजेक्ट पूरा गर्थ्याैँ अहिले १९–२० करोड हुन गयो । तर यति अप्ठ्यारो परिस्थितिका बाबजुद पनि हामीले निर्माण सम्पन्न गर्यौं, यसको श्रेय चिनियाँ र भारतीय इन्जिनियरहरुलाई पनि जान्छ’ श्रेष्टले भने ।  

यो पनि