मंसिर ०७, २०८१, शुक्रबार
               

कुलमान घिसिङको आजबाट बिदाइ

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज समाप्त भएसँगै बिदाइ हुने भएका छन् । पुनः नियुक्तिका लागि हालसम्म पनि कुनै प्रक्रिया अघि नबढेपछि उनी बिदाइ हुने पक्का भएको हो ।

२०७३ भदौ २९ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङको कार्यकाल सकिने भएको छ । घिसिङलाई पुनः नियुक्ति गर्ने विषयमा भने अझै टुङगो लाग्न सकेको छैन ।

कुलमान आएपछि १८ घण्टाको लोडसेडिङ अन्तय भएको थियो । सोही कारण सामाजिक संजालमा उनको पुनर्नियुक्तिको माग हुँदै आएको छ । कलाकारदेखि सर्वसाधारणसम्मले कुलमानको असल कामको खुलेर प्रशंसा गर्दै आएका छन् ।

यसअघिको मन्त्रिपरिषद् २ पटक बस्न नसकेपछि उनलाई नियुक्तिबारे निर्णय नभएको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उर्जामन्त्री वर्षमान पुन कुलमानलाई दोहोर्‍याउने पक्ष छन् । पछिल्लो समयमा प्रधानमन्त्री ओली र प्रचण्डबीच पार्टीगत मुद्दामा मित्रवत सम्बन्ध भएकोले कुलमानको नियुक्ति फेरि हुने अनुमान कतिपयको छ । प्रधानमन्त्रीले भने यस विषयमा मुख खोलिसकेका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि