जेठ ०४, २०८१, शुक्रबार
               

कुमारी बैंकद्वारा कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

महेन्द्रनगर । कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालय महेन्द्रनगर कञ्चनपुरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आज महेन्द्रनगर बजारमा सामाजिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बैंकका कञ्चनपुर शाखा, झलारी शाखा तथा चादनीदोधारा शाखाका कर्मचारीहरू समेतको पनि उपस्थिति थियो ।  बैंकको प्रादेशिक कार्यालयबाट बिहान ९ बजे देखि सुरु भई चम्मन चौराहाबाट सब्जीमण्डी हुँदै महेन्द्रनगर बजारको १ नं.,  २ नं.  ३ नं. , ४ नं. र ५ नं. गल्ली परिक्रमा गरी बैकको प्रादेशिक कार्यालयमा ११ बजे  समापन भएको थियो । उक्त कार्यक्रममा  बैंकले महेन्द्रनगर वजारमाब मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिँडेका विभिन्न व्यक्तिहरूलाई  १००० थान मास्क तथा १५० थान हयान्ड स्यानिटाइजर वितरण गरेको थियो ।

कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, स्यानीेटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुन पानीले हात धुने जस्ता विविध सचेतनामूलक नारा लेखिएका ब्यानर तथा प्ले–कार्ड बोकेर सो मार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागि पूर्व साबधानीका सन्देश दिइएको थियो  । सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि यो कार्यक्रम निकै उपयोगी हुने साथै आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रमहरू अन्य स्थानमा पनि गर्दै जाने जानकारी गराए  ।

कुमारी बैंक लिमिटेडको सुदूरपश्चिम प्रदेशमा १९ वटा शाखा र ८ वटा  ए.टी.एम. सञ्चालनमा रहेको छ  भने देशभर १८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग सेवा र १०८ ए.टी.एम. सञ्चालनमा छन् । साथै बैंकले लकडाउनमा पनि सुरक्षाका उपायहरू अपनाई बैंकिङ्ग सेवाहरू दिँदै आएको छ ।

यो पनि