बैशाख १६, २०८१, आइतबार
               

आइतबारदेखि उपत्यकामा लाइसेन्स नवीकरणसम्बन्धी सेवा सुचारु हुने

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । सवारीचालक अनुमितपत्र(लाइसेन्स)को नवीकरण खुल्ने भएको छ । प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । सो सूचनाअनुसार आइतबारदेखि उपत्यकामा लाइसेन्सको नवीकरणसम्बन्धी सेवा सुचारु हुनेछ । 

कार्यालयका अनुसार नयाँ लाइसेन्सका लागि परीक्षाको लागि भने अहिलेसम्म कुनै निर्णय भएको छैन । अरु सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द नै रहने कार्यालयले जनाएको छ । 

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढ्न थालेपछि भदौ १ गतेदेखि सो सेवा बन्द गरिएको थियो । तर, नयाँ लाइसेन्ससम्बन्धी सेवा भने अघिल्लोपटकको लकडाउनअघिदेखि नै बन्द छ । दसैँ तिहारअघि यो खुल्ने सम्भावना नरहेको कार्यालयले जनाएको छ । 
लकडाउन अन्त्यपछि अरु व्यवसाय सञ्चालनमा रहे पनि बढी सवारी प्रशिक्षण केन्द्रलाई सञ्चालन हुने अनुमति अझै दिइएको छैन । 


कस्तो लाग्यो ?

यो पनि