जेठ ०७, २०८१, सोमबार
               

सुनको मूल्यमा सामान्य वृद्धि

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बिहिबार) सुनको मुल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो (बुधबार) सुन तोलाको ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।  

त्यस्तै आज (बिहीबार) तेजावी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि