बैशाख २७, २०८१, बिहीबार
               

फेरि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । लगातार दुई सातादेखि ओरालो लागेको सुनको मूल्य आज (बुधबार) भने उकालो लागेको छ ।

आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य बुधबार ९६ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तैगरी, तेजाबी सुनको मूल्य पनि ६०० रुपैयाँले नै बढेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यसैबीच, आज चाँदीको मूल्य पनि प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि