मंसिर ०७, २०८१, शुक्रबार
               

समयमा मल आपूर्ति नगर्ने कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले दुई ठेकदार कम्पनीको पाँच/पाँच करोड रुपैयाँ धरौटी जफत गर्ने तयारी गरेको छ । 

पुसमै ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष मल नपुर्‍याउने शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीको धरौटी जफत गरी कालो सूचीमा राख्ने तयारी भइरहेको एक स्रोतले जानकारी दियो । 

गत पुसमा वर्षायामको मल आपूर्तिका लागि दुवै कम्पनीलाई मल आपूर्तिको ठेक्का दिने निर्णय गरेको थियो । सो स्रोतका अनुसार  सरकारले अन्तिम डेडलाइन दिए पनि उनीहरुले सो समयमा मल आपूर्ति गर्न सकेनन् । 

मल आपूर्ति गर्ने ठेक्का प्राप्त गर्ने ठेकेदार एक नेकपा अध्यक्ष पुष्पकमल दाहाल हुन् भने अर्का ठेकेदार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकटस्थ हुन् । 


कस्तो लाग्यो ?

यो पनि