बैशाख २२, २०८१, शनिबार
               

कति छ आज विदेशी मुद्राको भाउ ? यहाँ हेरौँ

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) सार्वजनिक गरेको विदेशी मुद्रा, विनिमयदरमा अमेरिकी डलको खरिद दर ११६.२९ रुपैयाँ रहेको छ । यता भने बिक्री दर ११६.८९ रुपैयाँ रहेको सूचनामा उल्लेख छ ।

यसैगरी युरोपियन युरोको खरिद दर १३९.२३ रुपैयाँ रहेको छ । साथै, बिक्रीदर १३९.९५ रुपैयाँ रहेको छ भने उता बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १५६.४० रुपैयाँ र बिक्री दर १५७.२० रुपैयाँ रहेको त्यस सूचनामा उल्लेख गरिएको छ ।

साथै, यता अस्ट्रेलियन डलरको खरिद दर ८५.८१ रुपैयाँ छ भने बिक्री दर ८६.२५ रहेको उक्त सूचनामा हेर्न सकिन्छ । अर्को तर्फ खाडी मुलुक साउदीको रियालको खरिद दर ३१.०१ र बिक्रीदर ३१.१७ रुपैयाँ रहेको छ भने मलेसियाको रिंगिटको खरिद दर २८.०७ रुपैयाँ तथा बिक्रीदर २८.२२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि