मंसिर ०१, २०८१, शनिबार
               

नेपालले एक अर्ब २७ करोड रुपैयाँबराबर अनुदान सहायता पाउने

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालले एक अर्ब २७ करोड रुपैयाँ (करिब एक करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता प्राप्त गरेको छ । 

विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंकबाट यो सहायता उपलब्ध नेपाललाई उपलब्ध भएको हो । सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

शिक्षा क्षेत्र कोभिडको सबैभन्दा मारमा परेको क्षेत्र भएको भन्दै फारिसले अनुदानबाट बालबालिकाका लागि शिक्षा र सिकाइमा सुरक्षित पहुाचको तत्काल आवश्यकता पुरा गर्न सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

सो अनुदान सहायतामा शुक्रबार हस्ताक्षर भएको हो । विश्व बैंकले कोरोना महामारीको संकटबीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन सो सहायता उपलब्ध गराएको जनाएको छ। 

सो रकम विश्वबैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए)बाट सहायता उपलब्ध हुन लागेको हो ।


कस्तो लाग्यो ?

यो पनि