मंसिर ०७, २०८१, शुक्रबार
               

राजीनामा दिने अर्थमन्त्री खतिवडाको घोषणा

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं  । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।

शुक्रबार जारी न्त्रिपरिषद् बैठकमा उनले उनले यस्तो घोषणा गरेका हुन् ।बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा लैजाने घोषणा गरेको थियो । 

राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो बन्द भएपछि उनले सो पदबाट राजीनामा दिन लागेका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ६ महिनाका लागि मन्त्रीमा  बनाएका थिए ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको सदस्य नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छैन । सोही व्यवस्थाका कारण उनले पदबाट राजीनामा दिन लागेका हुन् । 

शुक्रबार जारी मन्त्रिपरिषद् बैठकमा सहभागी उनलाई प्रधानमन्त्री ओलीले अप्ठ्यारो बेला सरकारमा बसेर काम गरेको भन्दै धन्यवाद दिएका छन् । उनको यही बैठक अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि