बैशाख २७, २०८१, बिहीबार
               

आज पनि घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनको मूल्यमा आज (बिहीबार) पनि गिरावट आएको छ । हिजो (बुधबार) पनि सुनको मूल्य घटेको थियो । आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ तोकेको छ । 

हिजो (बुधबार) छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा झरेको छ ।


कस्तो लाग्यो ?

यो पनि