बैशाख १७, २०८१, सोमबार
               

गोकुल प्रकरणसँग जोडिएका मिश्रको दाबी : म भागेको छैन

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं ।गोकुल बाँस्कोटा अडियो प्रकरण सार्वजनिक गर्ने विजयप्रकाश मिश्रले आफू नभागेको बताएका छन् ।मिश्रले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । 

मिश्रले रेकर्डिङ डिभाइस अख्तियारमा बुझाउनुपर्ने डिभाइस जापानमा भएकाले सो लिन जापान आएको दाबी गरेका छन् । मिश्रद्वारा जारी जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल फर्किने फ्लाइट निश्चित भइनसकेको अवस्थामा भागेर जापान गयो भनी प्रचार गरियो । म फरार भएको भनी गरिएका प्रचारहरू गलत हुन् ।’

सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत मलाई आक्रमण गरी आफू पवित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको कालरात्रिन चरित्र भएको उनको भनाइ छ ।

यसका अलवा उनले कुनै पनि राजनीतिक व्यक्ति वा सर्वसाधारण भ्रष्टाचारजस्तो राज्यविरुद्धको जघन्य अपराधबाट उम्कन नसक्ने बताएका छन् । 

आफूले गरेको सबै ठिक, अरुले गरेको सबै बेठिक भन्नेले आफ्नो आङमा हात्ती नदेख्ने र अर्काको आङमा जुम्रा देख्ने प्रवृतिबाट चोखो रहन नसक्ने उनको भनाइ छ । 

‘शक्ति र पैसाको आडमा गरिने चाटुकारिता क्षणिक हुने र अन्त्यमा सत्यको नै जित हुने कुरामा विश्वस्त छु,‘ उनले भनेका छन्, ‘केवल न्यायलाई विचलित पार्न र अनुसन्धानलाई फितलो पारेर जनताको ध्यान अन्यत्रै मोड्न गरिएको प्रपोगान्डा हो ।’

साथै उनले सो अडियो प्रकरणमा बाहिर आउन बाँकी कुराहरु अझै गर्भमा दबिएर बसेको बताएका छन् । 

‘सबै प्रमाणहरु जुटाएर अख्तियारमा पेश गर्नेछु,’ उनले भनेका छन्, ‘कसैको गुणगान गाएर १० जना फेसबुकमा साथी बनाएर म्यासेज गर्दैमा कोही चोखिन सक्दैन । 

जेठमा बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । 

मिश्रले तत्कालीन सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ मागेको अडियो खुलासा गरेका थिए । मिश्रले सो अडियो सार्वजनिक गरेसँगै मन्त्री बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि