बैशाख २७, २०८१, बिहीबार
               

सुनको मूल्य घट्यो

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा आज (बुधबार) गिरावट आएको छ ।

पछिल्लो केही दिनयता बढेको सुनको मूल्य आज भने तोलामा एक हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ तोकिएको छ। 

अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि आइतबार भने आजकै मूल्यमा सुन खरिद-बिक्री भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि