जेठ ०१, २०८१, मंगलबार
               

दशैंमा नयाँ नोट वितरण गर्ने/नगर्नेबारे अन्योलमा राष्ट्र बैंक

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण गर्ने या नगर्नेबारे अझै निर्णय भइनसकेको जनाएको छ । दशैं आउन अझै केही महिना रहेकाले अझै यो निर्णय नगरिएको बैंकले जनाएको छ ।

यसअघि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै बैंकले यसपटकको दशैंमा नयाँ नोट वितरण नगर्ने जानकारी दिइएको थियो । यसबारेमा असोजको पहिलो साता आधिकारिक रुपमा सूचना दिने बताइएको थियो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले नयाँ नोट वितरण गर्ने/नगर्ने विषयमा अर्को महिना मात्र छलफल हुने बताए । उनले नयाँ नोट नबाँडिने सूचना गलत भएको दाबी गरे ।

नेपाल राष्ट्र बैंकले हिन्दू नेपालीहरुको महान चाड दशैंको अवसर पारेर हरेक वर्ष रुपैयाँ ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरु साट्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि