जेठ ०१, २०८१, मंगलबार
               

यस्तो छ आज विदेशी मुद्राको भाउ

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । मंगलबार (आज) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०८ पैसा रहेको छ । 

साथै, युरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ९२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ भने उता पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा रहेको जनाइएको छ ।

त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २० पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकको भनाइ छ । यसैगरी यता खाडी मुलुक कतारी रियालमा एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि