जेठ ०२, २०८१, बुधबार
               

निजी विद्यालयले शुल्क लिन पाउने

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले नीजी विद्यालयलाई शुल्क लिन पाउने बाटो खुला गरिदिने भएको छ । लामो समयदेखि स्कुल बन्द हुँदा नीजी स्कुल मारमा परेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

नीजी स्कुलले शुल्क लिन पाउने गरी निर्देशिकासमेत जारी गरिसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।

उनले भने, ‘निर्देशिकाअनुरुप अब निजी स्कुलले शुल्क लिन पाउनेछन् । तर, एक शैक्षिक सत्रको मात्रै विद्यार्थीबाट शुल्क लिन पाउनेछन् । उनका अनुसार स्कुलले शुल्क लिनका लागि पहिले गाउँपालिका,नगरपालिकामा एक शैक्षिक सत्रको शुल्क लिन प्रस्ताव दिनुपर्नेछ। स्थानीय सरकारले ती प्रस्तावलाई स्वीकृत दिएपछि मात्रै विद्यालयले शुल्क लिन पाउनेछन् ।

मन्त्रालयले तयार पारेको निर्देशिकामा प्रचलित कानुनको अधीनमा रही स्थानीय तहको स्वीकृतिमा सिकाइ सहजीकरणका लागि मात्रै विद्यालयले शुल्क लिन पाउने उल्लेख गरेको छ। कोरोना संकटले शिक्षक,कर्मचारी पाल्न नसकेको भन्दै प्याब्सन, एन–प्याब्सनले शुल्क लिन पाउनुपर्ने माग राख्दै आएका थिए। तर, अभिभावकले शुल्क नतिर्ने अडान राख्दै आएका थिए । अब भने अभिभावकले पनि सरकारको निर्णयअनुसार शुल्क तिर्नुपर्ने छ।

यो पनि