बैशाख २७, २०८१, बिहीबार
               

सुनको मूल्यमा सामान्य वृद्धि

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । अघिल्लो दिनको तुलनामा आज (आइतबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम छ । शुक्रबार तेजाबी सुन तोलाको ९६ हजार ४०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार ३४० तोकिएको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि