बैशाख २७, २०८१, बिहीबार
               

सुनको मूल्यमा फेरि गिरावट

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनको मूल्यमा आज (शुक्रबार) फेरि गिरावट आएको छ ।

अघिल्लो दिन (बिहीबार) को तुलानामा शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ४०० रुपैयाँ तोकिएको छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ कायम थियो ।

आज चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि