बैशाख २६, २०८१, बुधबार
               

फेरि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्ला केही दिनयता निरन्तर घटिरहेको सुनको मूल्य आज (बिहीबार) भने बढेको छ ।

हिजो (बुधबार) को तुलनामा आज सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ तोकेको छ । बुधबार प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार तेजाबी सुन तोलाको ९६ हजार ३०० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य तोलाको एक हजार ३४५ तोकिएको छ ।


कस्तो लाग्यो ?

यो पनि