बैशाख २३, २०८१, आइतबार
               

कती छ आज विदेशी मुद्राको भाउ ?

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी एवं विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा रहेको छ । 

त्यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा रहेको छ । भने पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८२ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

साथै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४४ पैसा र बिक्रीदर २८ रुपैयाँ ५८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको जनाइएको छ । 

त्यस्तै, खाडी मुलुक युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि