बैशाख २६, २०८१, बुधबार
               

फेरि घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । 

आज (मंगलबार) नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ रहेको थियो । 

यस्तै, आज तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि