बैशाख २१, २०८१, शुक्रबार
               

म्याद सकिएका सवारीधनीले भदौ मसान्तसम्म जरिवाना तिर्नुनपर्दैन : विभाग

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं ।यातायात व्यवस्था विभागले चैत ११ पछिको लकडाउन अवधिमा लाइसेन्सको म्याद सकिएर नवीकरण गर्न नपाएका सवारीधनीले भदौ मसान्तसम्म जरिवाना तिर्नु नपर्ने बताएको छ । 

यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो बताएको हो । यातायात व्यवस्था विभागद्वारा जारी गरिएको सो सूचनाअनुसार लकडाउन अवधिमा म्याद सकिएका सवारी धनीले भदौ मसान्तसम्म नवीकरण गर्दा जरिवाना तिर्नुनपर्ने छैन । 

यसअघि पनि यस्तो सुविधा दिने भनिएको थियो । तर, यातायात कार्यालयले जरिवाना उठाउँदै आएका छन् ।विभागले सिस्टमलाई मोडिफिकेसन गरेर भदौसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको जनाएको छ । 

यो पनि