बैशाख १७, २०८१, सोमबार
               

सरकारले तोकेको भाडादरभन्दा बढी लिएर हवाई टिकट बेचियो

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

युएई । झापाका दीपक दाहालले अलऐनको एक ट्राभल्स एजेन्सीबाट  झण्डै २ हजार दिराम अर्थात् करिब (६५ हजार रुपैयाँ) मा नेपाल जाने टिकट किने । हिमालय एयरलाइन्सको भाडादर नेपाल सरकारले १ हजार ४ सय २० दिर्हाम तोकेको मूल्यमा झण्डै ६ सय दिराम उनले बढी तिरे । यद्यपि नेपाल सरकारले उद्धार उडानलाई तत्काल रद्द गरेको हुनाले उड्न पाएका छैनन् । 

धादिङकी रोजिना गुरुङले दुबईबाट नेपाल फर्कनको लागि दुई हजार १ सय ५० दिराम अर्थात् करिब (७० हजार रुपैयाँ) को हवाइ टिकट किनिन् । दुबईबाट जारी गरिएको नेपाल एयरलाइन्सको हवाई टिकटमा सम्बन्धित ट्राभल्स एजेन्सीको नाम उल्लेख छैन । उनले आफ्नै कम्पनीको नेपाली सुपरभाइजर मार्फत टिकट लिएको थिईन् ।

नेपाल सरकारले नेपाल एयरलाइन्सको १ हजार ३ सय २० दिराम, अर्थात् करिब (४३ हजार रुपियाँ ),हिमालयन एअरलाइन्सको १ हजार ४ सय २० दिराम अर्थात् करिब (४६ हजार रुपियाँ) र युएईबाट संचालित् अन्य एअरलाइन्सहरुको भाडादर ५ सय अमेरिकी डलर अर्थात १ हजार ८ सय ३५ दिर्हाम तोकेको थियो । 

नेपाल सरकारले मूल्य निर्धारण गरे पनि नेपालीहरु तोकिएको मुल्य भन्दा धेरै चर्को मूल्य तिरिरहनु परेको तथ्य खुल्न आएको छ । मिडियाको सम्पर्कमा आएसंगै युएईबाट नेपाल फर्किएका धेरै नेपालीहरुले २ हजार अर्थात करिब (६३ हजार रुपैयाँ) देखि २ हजार ५ सय दिराम (८० हजार रुपैयाँ)सम्म तिरेको खुल्न आएको छ ।  

पछिल्लो पटक आगामी अगष्ट २९ तारिख हिमालय एयरलाइन्सको उडानमार्फत आबुधावीबाट काठमाडौं फर्कन लागेका पीडित यात्रुहरुसँग पनि प्रति व्यक्ति २ हजार दिराम अर्थात करिब (६५ हजार रुपैयाँ) लिएको केही तथ्यहरु फेला परेको छ । यद्यपि सरकारको निर्देशन पश्चात् उक्त उडान हाललाई स्थगित भएकोले पैसा बुझाएर बसेका नेपालीहरु अर्को उडानको पर्खाइमा छन् ।   

पीडित एक मिडियाको सम्पर्कमा आएसँगै उक्त ट्राभलबाट आबुधावी टु काठमाडौंको लागि हिमालय एयरलाइन्सको चार्टर फ्लाइट भाडादर सरकारले तोकेको शुल्क भन्दा ६ सय दिराम अर्थात् करिब (१९ हजार रुपैयाँ) बढी लिएर बेचिएको प्रमाण फेला परेको छ ।

यता  नेपाली दूतावास युएईले सरकारले निर्धारण गरेको हवाई भाडादर भन्दा बढि शुल्क लिने ट्राभल्स वा टिकट एजेन्सीलाई कारबाही गरिने बताएको छ । तर कार्यन्वयन भएको देखिदैन । सरकारले तोकेको भन्दा बढि रकम लिने ट्राभल्स वा टिकट एजेन्सीलाई कस्तो कारबाही हुने हो,त्यो भने हेर्न बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि