बैशाख २१, २०८१, शुक्रबार
               

सुनको मूल्य घट्ने क्रम जारी

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजार केही दिनयता सुनको भाउ निरन्तर घट्न थालेको छ ।

अघिल्लो दिनको (कारोबारको) तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकिएको छ । 

त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसागत हिजा (आइतबार) छापावाल सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ कायम गरिएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर आज प्रतितोला एक जहार ३२० रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएपछि नेपाली बजारमा पनि सुनको मूल्य घटेको हो ।

सुनचाँदी व्यवसायीका अनुसार काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण कारोबार भने ठप्प जस्तै छ ।


कस्तो लाग्यो ?

यो पनि