बैशाख २१, २०८१, शुक्रबार
               

सुनको मूल्यमा सामान्य गिरावट

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा समान्य गिरावट आएको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

अघिल्लो दिन (शुक्रबार) सुन प्रतितोला ९८ हजार ८०० रूपैयाँ कायम थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँ तोकिएको छ ।

यसैबीच, कारोना संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा जारी निषेधाज्ञाका कारण सुनचाँदीको कारोबार ठप्प प्राय छ ।


कस्तो लाग्यो ?

यो पनि