बैशाख १७, २०८१, सोमबार
               

आज रिलायन्स लाइफ इन्सुरेन्स र समाज लघुवित्तको आइपीओ खुल्यो

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं : आज एकैदिन २ कम्पनीकाे आइपीओ खुलेकाे छ  । बिहीबार  रिलायन्स लाइफ इन्सुरेन्स र समाज लघुवित्तको आइपीओ खुलेकाे हाे । 

रिलायन्स लाइफ इन्सुरेन्सको ६३ करोड रुपैयाँको आइपीओ आज बिहीबार (भदौ ४ गते) बाट बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । रिलायन्सले बिक्रीमा ल्याएको कुल ६३ लाख कित्ता आइपीओमध्ये ५% अर्थात ३ लाख १५ हजार सामूहिक लगानी कोषलाई र समान ५% अर्थात ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

यस इन्सुरेन्सको आइपीओमा छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन पाइनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

त्यस्तै समाज लघुवित्त वित्तीय संस्थाको आज बिहीबार भदौ ४ गतेबाट आइपीओ खुला भएको छ । यस लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । १ हजार कित्ता अर्थात जारी पुँजीको ५% कर्मचारीहरुका लागि र कुल निष्कासनको ५% अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
 
लगानीकर्ताले यसमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । 

रिलायन्स लाइफ इन्सुरेन्सकाे बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ भने समाज लघुवित्तको  बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि