असोज ०५, २०८१, शनिबार
               

फेरि किन बढ्यो सुनको मूल्य ?

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

सुनको मूल्य मंगलबार पुनः प्रतितोला एक लाखभन्दा माथि उक्लिएको छ । 

आइतबार र सोमबार लगातार घटेको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार २०० रुपैयाँले बढेर एक लाखभन्दा माथि पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४०० तोकिएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

सोमबार छापावल सुन प्रतितोला ९८ हजार २०० र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

यसका साथै चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३८० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य सामान्य बढेका कारण नेपाली सुन बजारमा यसको प्रभाव परेको हो ।


कस्तो लाग्यो ?

यो पनि