जेठ ०९, २०८१, बुधबार
               

कोरोनाले बैंकहरुको नाफा ह्वात्तै घट्यो : कुन बैंकको कति ?

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमणपछिको असर वाणिज्य बैंकहरुको नाफामा पनि देखिएको छ । गएको आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकको कुल खुद नाफा १२ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा ती बैंकहरुको नाफा २५ प्रतिशत बढेको थियो । वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्दै लकडाउनले असर पारेको जनाएका छन् । 

लकडाउनका बेलामा व्यापार व्यवसाय ठप्प भएपछि त्यसको असर बैंकमा पनि देखिएको हो । ऋणीले किस्ता र ब्याज समेत तिर्न पाएनन् ।

समयमा तिर्न नसकेपछि सरकारले मौद्रिक नीतिमार्फत ऋणको किस्ता र ब्याज तिर्ने समय सारेको छ । गएको आर्थिक वर्षको नाफा घट्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट, सिद्धार्थ, स्ट्यान्डर्ड, नेपाल बैंक, सिद्धार्थ, एभरेष्ट, नेपाल बंगलादेश, हिमालय लगायतका वाणिज्य बैंक रहेका छन् ।

त्यस्तै प्रभु, कुमारी, ग्लोबल आइएमई, एनएमबी, प्राइम, एनआइसी एसिया तथा सेन्चुरी लगायतका बैंकहरुले नाफामा केही सुधार गरेका छन् ।राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्बभन्दा माथि छ भने अरु ४ वटा बैंकको नाफा ३ अर्बभन्दा माथि छ ।

राष्ट्रिय वाणिज्य बैंक खुद नाफा कमाउने बैंकको पहिलोमा, नबिल दोस्रोमा, कृषि विकास बैंक तेस्रोमा, एनआईसी एसिया चौथोमा र ग्लोबल आईएमई बैंक पाँचौं नम्बरमा छन् ।

सेन्चुरी र सिभिलबाहेक सबै बैंकको खुद नाफा एक अर्ब रुपैयाँ भन्दा धेरै छ । सेन्चुरी बैंकको ९० करोड र सिभिलको ४५ करोडभन्दा बढी छ ।

कुन बैंकको नाफा कति ?

रावा बैंक –४ अर्ब ४५ करोड २५ लाख

नबिल बैंक – ३ अर्ब ६६ करोड ५६ लाख

कृषि विकास बैंक – ३ अर्ब ४६ करोड ८० लाख

एनआइसी एसिया – ३ अर्ब १२ करोड १४ लाख

ग्लोबल आइएमई बैंक–३ अर्ब ८ करोड ८० लाख

नेपाल इन्भेष्टमेन्ट  बैंक –२ अर्ब ५७ करोड १६ लाख

नेपाल बैंक   –२ अर्ब ५५ करोड ६४ लाख

हिमालयन बैंक –२ अर्ब ५४ करोड २५ लाख

एभरेष्ट बैंक –२ अर्ब ४९ करोड ९९ लाख

प्राइम बैंक –२ अर्ब २९ करोड २८ लाख

एनएमबी बैंक –२ अर्ब २७ करोड ६ लाख

सिद्धार्थ बैंक –२ अर्ब ९ करोड २७ लाख

स्ट्यान्डर्ड चार्टड बैंक –१ अर्ब ९८ करोड ३९ लाख

सानिमा बैंक –१ अर्ब ७० करोड ३३ लाख

एसबिआई बैंक  –१ अर्ब ५३ करोड ७ लाख

मेगा बैंक  –१ अर्ब ५२ करोड५ लाख

लक्ष्मी बैंक –१ अर्ब ४८ करोड ४७ लाख

बैंक अफ काठमाडाैं  –१ अर्ब ४७ करोड ५५ लाख

सनराइज बैंक –१ अर्ब ३९ करोड २८ लाख

प्रभु बैंक –१ अर्ब ३६ करोड 

माछापुच्छ्रे बैंक –१ अर्ब २५ करोड २० लाख

नेपाल बंगलादेश बैंक –१ अर्ब २४ करोड ४५ लाख

कुमारी बैंक –१ अर्ब २२ करोड ६५ लाख

एनसिसी बैंक –१ अर्ब ११ करोड ६० लाख

सिटिजन्स बैंक –१ अर्ब ११ करोड ६० लाख

सेन्चुरी बै‌ंक – ९० करोड ६३ लाख 

सिभिल बैंक – ४५ करोड ७० लाख 

 

 

 


कस्तो लाग्यो ?

यो पनि