असोज ०५, २०८१, शनिबार
               

फेरि ओरालो लाग्यो सुनको मूल्य

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको मूल्यभन्दा तोलामा २०० रुपैयाँले घटेको हो । 

साताको अन्तिम दिन (शुक्रबार) छापावाल सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

छापावाल सुन आज (आइतबार) भने प्रतितिोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकिएको छ । 

चाँदीको मूल्यमा पनि आइतबार सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम रहेको चाँदी आज भने ३० रुपैयाँ घटेर प्रतितोला एक हजार ३२५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य केही दिन यता उतारचढाव देखिएको छ । सोही कारण नेपाली बजारमा समेत त्यसको असर परेको हो । 


कस्तो लाग्यो ?

यो पनि